कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्छ : ओली
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कला र संस्कृतिको संरक्षणमा जोड दिनुपर्ने बताएका छन् ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान आयोजना बबरमहलस्थित नेपाल कला परिषद्मा भइरहेको राष्ट्रिय ललितकला प्रर्दशनीको आज अवलोकनपछि उहाँले पुरानो कला र संस्कृतिको संरक्षण र त्यसको विकास पनि गर्दै लैजानुपर्ने आवश्यकता औंल्याएका हुन् ।
‘हाम्रो देश, सभ्यता, कला ,संस्कृति, चाडवाड, सङ्गीतको हिसाबले पुरानो इतिहास भएको देश हो । यी सबै कुरा हाम्रा सम्पदा हुन्’, उनले भने, ‘कला र संस्कृतिको जति सुरक्षा र सम्मान गर्न सक्दछौँ । त्यति शिक्षा पनि लिन सक्दछौँ ।’ अध्यक्ष ओलीले देशको इतिहास र सभ्यता संस्कृति जान्न जरुरी रहेको उल्लेख गर्दै कलाको सिर्जना र प्रर्दशनीले अरुलाई पनि इतिहास बुझ्न सजिलो हुने बताए ।
उनले कलाले पुरानो प्रचलन, चलन, चाडपर्वबारे जानकारी गराउने भएकाले कला पुरानो समाजको अव्यक्त खालको इतिहास रहेको भनाइ राखे । प्रतिष्ठानको आयोजनामा यही जेठ १५ गतेदेखि सुरु भएको कला प्रदर्शनी बबरमहलस्थित परिषद्मा लोक कला, परम्परागत थान्का पौभा, मूर्तिकला दुई सयभन्दा कलाकार कलाकृति रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र थुम्केलीले जानकारी दिए ।
प्रतिष्ठानले नक्साल प्रतिष्ठानको परिसर र बबरमहलस्थित परिषद्मा भइरहेको कला प्रदर्शनी यही जेठ ३० गतेसम्म सञ्चालन हुनेछ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया