NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १९ गते

मुटु कमजोर छ ? यसरी थाहा पाउनुहोस्

एजेन्सी । विश्वभर मुटु रोगीको संख्या दिनानुदिन बढिरहेको छ । अस्वस्थ तथा खराब खानपान र जीवनशैली, चिन्ता, तनाव आदि यसको कारक हो । मुटु कमजोर हुँदा केही लक्षण देखिन सक्छ ।

यस्ता लक्ष्ण देखिएको समयमा तपाईं सिधै अस्पताल गएर उपचार गराउन सक्नुहुन्छ । यसले हृदय रोग तथा अन्य मुटुसम्बन्धी रोगबाट बचाउन सक्छ ।

समयमै उपचार गर्दा यसले भयावाह रुप लिन नसक्ने चिकित्सक बताउँछन् ।

त्यसैले उचित खानपान सँगै शरीरमा देखिने फरक लक्षणहरुको पनि ख्याल राख्नु पर्छ । यसले धेरै रोगहरु हुनु भन्दा अगावै थाहा पाइन्छ भने उपचार पनि समयमै गर्न सकिन्छ ।

यस्ता छन् मुटु कमजोर हुँदा देखापर्ने लक्षण

छाति दुख्नु

मुटु कमजोर भएका मानिसको शरीरमा धेरै लक्षण देखिन्छन् । जसमध्ये छाति दुखाइ एक हो । यदि लामो समयदेखि छाती दुखेको छ भने यसले मुटु कमजोर भएको संकेत गर्छ ।

उच्त रक्तचाप

उच्च रक्तचाप अन्य समस्या भएको समयमा पनि हुन्छ । यद्यपि मुटु कमजोर छ भने यसको गति बारम्बार बढ्ने गर्छ । अत्यधिक उच्च रक्तचापले हृदयघातको सम्भावना गराउँछ । त्यसैले समसयमै परामर्श गर्नुपर्छ ।

खुट्टा दुख्ने

मुटु कमजोर हुँदा कहिलेकाहीं खुट्टामा समस्या हुन सक्छ । जसले गर्दा खुट्टा दुख्ने, बाउडिने हुन्छ । सामान्य खुट्टाको दुखाइ पनि कहिले गम्भीर हुन जान्छ ।

श्वास प्रश्वासमा समस्या

मुटुमा समस्या हुँदा श्वास फर्न पनि कठिन हुन्छ । जसले छातिमा दबाबसमेत पर्छ । यस्तो समस्या छ भने पनि मुटु कमजोर भएको आशंका गर्नुपर्छ र चिकित्सकोमा जानुपर्छ। यस्ता लक्षण वेवास्ता गर्दा यसले हृदयघातको जोखिममा पुर्याउँछ ।

अत्यधिक पसिना आउने

सामान्यतया पसिना आउँदा गर्मी मानेर बेवास्ता गरिन्छ तर बारबार बिना कारण पसिना आउँछ भने यसमा सजग हुनुपर्छ । कुनै अवस्थामा पसिनासँगै छातिमा समस्या पनि आउँछ । यस्तो लक्षण देखिँदा भने लापरवाही गर्नुहुँदैन । सानो लापरवाहीले पनि गम्भीर समस्या ल्याउन सक्छ ।