भैरहवामा भोलि ल्याण्ड हुँदैछ मलेसियाबाट आउने एनएसीको विमान, स्वागत गर्न मन्त्री आफैं जाने

काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाबाट अन्तर्राष्ट्रिय उडान, अवतरण पुनः सुरु हुने भएको छ । इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम (आइएलएस) सञ्चालनमा भारतको असहयोग, यात्रु अभावलगायत कारणले यसअघि प्रभावित हुन पुगेको सेवा पुनः सञ्चालन गर्न लागिएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले भैरहवा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालन गर्न लागिएको जनाएका छन् । मन्त्री किराँतीका अनुसार नेपाल वायु सेवाको क्लालालम्पुरबाट आउने विमान भोलि बिहान ७ः४० बजे भैरहवा विमानस्थलमा अवतरण हुँदैछ ।
एनएसीको विमानमा मलेसियाबाट आउने यात्रुको स्वागतका लागि आफू जान लागेको उनले बताए ।
‘चन्द्र, सूर्य ध्वजा आकाशमा फहराउँदै हाम्रो जहाज क्वालालम्पुर बाट उडेर भैरहवा विमानस्थलमा भोलि बस्दैछ । आउनु हुने यात्रुहरू सबैलाई स्वागत गर्न म आफैँ जाँदैछु,’ उनले भने ।
अन्तर्राष्ट्रिय उडान सुचारु हुन लागेको भैरहवा विमानस्थलबाट एनएसीले मात्र सेवा दिन लागेको हो कि अन्यले पनि भन्नेबारे पर्यटन मन्त्रीले केही खुलाएका छैनन् ।
ताजा अपडेट
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
प्रतिक्रिया