कीर्तिमानी २३ औं ग्रान्डस्लाम जोकोभिचलाई
काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि टेनिस स्टार नोभाक जोकोभिचले हात पारेका छन् ।
गएराति पेरिसमा सम्पन्न खेलमा कास्पर रुडलाई पछि पार्दै जोकोभिचले कीर्तिमानी २३औं ग्राण्डस्लाभको उपाधि चुमेका हुन् ।
उनले नर्बेका रुडलाई ७–६ (७–१), ६–३ र ७–५ ले पराजित गरे ।
जोकोभिचले राफायल नाडालको नाममा रहेको २२ ग्रान्डस्लामको कीर्तिमानसमेत तोडेका छन् । यति मात्र होइन, उनी कम्तीमा तीन पटक मुख्य चार ग्रान्डस्लामको उपाधि जित्ने पहिलो खेलाडीसमेत बनेका छन् ।
त्यसैगरी, महिलातर्फ पोल्याण्डकी इगा स्वेटेकले उपाधि हात पारेकी छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया