NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

उरुग्वेले जित्यो फिफा यू–२० विश्वकप

काठमाडौं । फिफा यू–२० पुरुष विश्वकप फुटबलको उपाधि उरुग्वेले आफ्नो पोल्टामा पारेको छ । सोमबार बिहान अर्जेन्टिनामा सम्पन्न खेलमा इटालीलाई १–० को झिनो गोलान्तरमा पराजित गर्दै उरुग्वे च्याम्पियन बनेको हो ।

उरुग्वेको जितमा लुसियानो रोड्रिगेजले निर्णायक गोल गरे । उनले खेलको ८६ औं मिनेटमा आफ्नो देशलाई जित दिलाउने निर्णायक गोल गरेका हुन् ।

यू–२० विश्वकपको उपाधि उरुग्वेले पहिलो पटक हात पारेको हो । यसअघि दुई पटक उरुग्वे उपविजेता बनेको थियो ।