NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनचाँदीको मूल्य सामान्य घट्यो

काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ८५० रूपैयाँ कायम भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४५५ रूपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

नेपालवाच विशेष