सुनचाँदीको मूल्य सामान्य घट्यो
काठमाडाैं । आइतबार स्थिर सुनको मूल्य सोमबार सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक सय रूपैयाँ घटेर एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ८५० रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रूपैयाँ घटेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला एक हजार ४५५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया