इसेवामार्फत् नेपाल टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अवसर
काठमाडौं । इसेवामार्फत नेपाल नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर सार्वजनिक भएको छ ।
यो अफरमा सहभागी हुन एनटीसी प्रिपेड, एनटीसी पोस्पेड र एनटीसी डाटा प्याक एप वा इसेवाको वेबसाइटमार्फत रिचार्ज गनुपर्ने इसेवाले जनाएको छ ।
यो अभियान अवधि १५ असारसम्म लागु हुनेछ । यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्याब्याक प्राप्त गर्न सकिनेछ । रिचार्ज गरेको २४ घण्टा भित्र क्यासब्याक इसेवा वालेटमा जम्मा हुनेछ ।
कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो । जसले प्रति चार्ज ७५-१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३ हजार वाट मोटरको जडान गरिएको छ ।
हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका २ लाख भन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन् ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया