अब वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको सेवा
मनहरी । मकवानपुरको मनहरि गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ ।
वडा नं ३ कार्यालयले सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने तथा झन्झट व्यहोर्नुपरेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको हो ।
वडा कार्यालयले आइतबार सूचना जारी गर्दै वडावासीका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेको जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालयबाटै पनि यो सेवा निःशुल्क रहेको छ ।
त्यहाँ लाइन बस्नुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको भन्ने गुनासो आएपछि वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवा थप गर्ने निर्णय गरेको वडाध्यक्ष अनन्तप्रकाश अर्यालले बताए। वडामा नयाँ राहदानी लिने, नवीकरण गर्ने र राष्ट्रिय परिचयपत्रको सिफारिस लिन आउनेको सङ्ख्या बढी रहेकाले हामीले उक्त सेवा प्रदान गरिएको अर्यालले जानकारी दिए ।
जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सूचना निकालेर प्रशासन कार्यालयबाटै सो सेवा निःशुल्क दिने जानकारी गराएको भए पनि अधिकांश सेवाग्राहीले साइबर तथा फोटो स्टुडियोमा महँगो शुल्क तिरेर सेवा लिइरहेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा सर्वसाधारणको सहजताका लागि भन्दै दुईजना छुट्टै कर्मचारी खटाएर निःशुल्क फारम भर्ने तथा निवेदन लेख्ने सेवा दिइएको जनाइएको छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया