NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

यी वकिलले गर्दैछन् अदालतमा बालकृष्ण खाँणको वकालत

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने गिरोहसँग मिलेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री बालकृष्ण खाँणले आफ्नो बचाउमा ३४ जना वकिल उतारेका छन् ।आफ्नो बचाउमा खाँणले तयारी अवस्थामा राखेका वकिलहरूमा पूर्वराष्ट्रपति रामवरण यादवका सल्लाहकारदेखि पूर्वमहान्यायाधिवक्ता, नेपाल बार एसोसिएसनका पूर्वअध्यक्षलगायत छन् ।

खाँणको तर्फबाट बहस गर्न तयार अधिवक्ताहरूमा हरिहर दाहाल, ललित बस्नेत, शेरबहादुर केसी, महादेव यादव, रमण श्रेष्ठ, प्रेमबहादुर खड्का, गोपालकृष्ण घिमिरे, खम्मबहामदुर खाती, सुरेन्द्र महतो, जितेन्द्रबहादुर पाण्डे, नृसिंहकुमार खत्री, मंगलसुन्दर शिल्पकार, जनकराज श्रेष्ठ, अनु भट्टराई, शंकर केसी, निरुजा चापागाई, केशरमणि अर्याल, अञ्जु रेग्मी अर्याल, देवबहादुर महत, विश्वनाथ खनाल, एकराज पोखरेल, पंकज कर्ण, योगेन्द्र अधिकारी, धर्मराज खनाल, मणिराम उपाध्याय, चित्रबहादुर केसी, अनिता शर्मा, पुरुषोत्तम अधिकारी, सन्तोष भण्डारी, हरि न्यौपाने, लक्ष्मी थापा, दिनेश रोका र रमिता महर्जन छन् ।

भुटानी शरणार्थी प्रकरणमा पक्राउ परी हाल पुर्पक्षका लागि थुनामा रहेकाहरूसँग अदालतले धमाधम बयान लिइरहेको छ । हालसम्म टोपबहादुर रायमाझी, टेकनारायण पाण्डे, केशव दुलाल, सानु भण्डारी, टंक गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, रामशरण केसी, नरेन्द्र केसी र गोविन्द चौधरी गरी १२ जनाको बहस सकिएको छ ।

कांग्रेस नेता खाँणको बयान भने बाँकी छ । आफ्नो बयानको समय नजिकिँदै जाँदा खाँणले वकिलहरूको ठूलो समूह तयार पारेका हुन् ।