आज कस्तो छ सुनचाँदीको भाउ ?

काठमडाैं । सोमबार घटेको सुनको मूल्य मंगलबार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन सय रूपैयाँ बढेर एक लाख १२ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो । आज तेजावी सुनको भाउ प्रतितोला एक लाख १२ हजार १५० रूपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ बढेर एक हजार ४५० रूपैयाँमा कारोबार भइरहेको छ ।
रूपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला एक हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया