एमबाप्पे बिक्री गर्ने तयारीमा पिएसजी
काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले केलियन एमबाप्पेलाई बिक्री गर्ने तयारी अघि बढाएको छ ।
तेज गतिका फरवार्ड एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पिएसजीले उनलाई बिक्री गर्ने तयारी गरेको हो ।
एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पिएसजी प्रवेश गरेका थिए । कीर्तिमानी गोलकर्ता एमबाप्पेले पिएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्। पिएसजीसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ । २४ वर्षीय एमबाप्पेलाई सन् २०२५ सम्म नवीकरण गर्ने कि नगर्ने भनेर पिएसजीलाई बताउन जुलाई ३१ सम्मको समयसीमा थियो । त्यसअगावै एमबाप्पेले एक पत्र लेख्दै सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् ।
स्पेनिस क्लब रियल मड्रिडले लामो समयदेखि एमबाप्पेलाई भित्राउने इच्छा देखाएको छ । त्यसैले उनको आगामी क्लब यात्रा रियलमा हुने ठानिएको छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया