NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

एमबाप्पे बिक्री गर्ने तयारीमा पिएसजी

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) ले केलियन एमबाप्पेलाई बिक्री गर्ने तयारी अघि बढाएको छ ।

तेज गतिका फरवार्ड एम्बाप्पेले सम्झौता नवीकरण नगर्ने बताएपछि पिएसजीले उनलाई बिक्री गर्ने तयारी गरेको हो ।

एमबाप्पे सन् २०१७ मा मोनाकोबाट लोनमा पिएसजी प्रवेश गरेका थिए । कीर्तिमानी गोलकर्ता एमबाप्पेले पिएसजीका लागि २६० खेलमा २१२ गोल गरेका छन्। पिएसजीसँगको उनको सम्झौता आगामी सिजनको अन्त्यमा सकिँदैछ । २४ वर्षीय एमबाप्पेलाई सन् २०२५ सम्म नवीकरण गर्ने कि नगर्ने भनेर पिएसजीलाई बताउन जुलाई ३१ सम्मको समयसीमा थियो ।  त्यसअगावै एमबाप्पेले एक पत्र लेख्दै सम्झौता नवीकरण नगर्ने बताइसकेका छन् ।

स्पेनिस क्लब रियल मड्रिडले लामो समयदेखि एमबाप्पेलाई भित्राउने इच्छा देखाएको छ । त्यसैले उनको आगामी क्लब यात्रा रियलमा हुने ठानिएको छ ।