५० वर्षको उमेरमा बाबु बने प्रभुदेवा
एजेन्सी । बलिउडका चर्चित डान्स कोरियोग्राफर तथा निर्देशक प्रभु देवा फेरि पिता बनेका छन् । प्रभुले आफ्नी श्रीमती डा हिमानीसँगै छोरीलाई स्वागत गरेका हुन् ।
टाइम्स अफ इन्डियासँग कुरा गर्दै प्रभु आफैले यो खबरको पुष्टि गरेका हुन् । उनले भने, ‘म यो उमेर (५०) मा फेरि बुबा बनेको छु। म धेरै खुसी छु र पूर्ण महसुस गरिरहेको छु ।’
प्रभुले आफ्नी छोरी र परिवारसँग बढी समय बिताउन आफ्नो कामको बोझ कम गरेको पनि खुलासा गरे। उनले धेरै हिन्दी, तमिल र तेलुगु फिल्महरू निर्देशन गरेका छन्। सलमान खान अभिनित ‘राधे’ उनको अन्तिम निर्देशन थियो।
पहिलो श्रीमती रामलतासँग सम्बन्धविच्छेद भएको ९ वर्षपछि प्रभुले २०२० मा डा हिमानीसँग दोस्रो विवाह गरेका थिए । प्रभुको पहिलो विवाहबाट ३ सन्तान थिए, जसमध्ये एकको क्यान्सरका कारण मृत्यु भएको थियो । बाँकी दुई सन्तान आमासँगै बस्छन् ।
ताजा अपडेट
-
नेपाल प्रहरीका चार एसएसपीको डिआइजीमा बढुवा सिफारिस, यही ब्याचबाट आइजिपी हुने
-
ट्रकको ठक्करबाट धादिङमा मोटरसाइकल चालकको मृत्यु
-
मन्त्रिहरुको सम्पत्ति सार्वजनिक गर्नेसहित यस्ता छन् मन्त्रिपरिषद्का १८ निर्णय
-
छोराको हत्या गर्ने महिला पक्राउ
-
फाष्ट ट्रयाक सडक आयोजनामा सुरुङमार्गको ‘ब्रेकथ्रु’
प्रतिक्रिया