सन्दीप र दीपेन्द्र सिंहले ग्लोबल टी–२० खेल्ने
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले आगामी जुलाइमा क्यानडामा हुने ग्लोबल टी–२० लिग खेल्ने भएका छन् ।
गएराति सम्पन्न खेलाडी ड्राफ्टमा सन्दीप र दीपेन्द्र अनुबन्ध भएका हुन् । सन्दीपलाई सुर्रे जाग्वार्स र दीपेन्द्रलाइ मोन्टरियल टाइगर्सले अनुबन्ध गरेको हो ।
सन् २०१८ बाट सुरु ग्लोबल टी–२० लिगको तेस्रो संस्करण आगामी जुलाई ३० मा हुँदैछ । सन् २०१९ मा पछिल्लो पटक सञ्चालन भएको यसको प्रतियोगितामा सन्दीप र सोमपाल कामीले यसअघि नै खेलिसकेका छन् । सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेशनल्सबाट खेलेका हुन् । सोमपालले चाहिँ सन् २०१९ मा विन्नीपेग हकका लागि खेलेका थिए ।
विदेशी फ्रेन्चाइज लिगमा दीपेन्द्रले पाएको यो पहिलो अवसर हो ।
ताजा अपडेट
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन


प्रतिक्रिया