रियलको नजर एमबाप्पेमाथि, कतिसम्म खर्चेला ?
काठमाडौं । सन् २०१७ मा मोनाकोबाट लोनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) अनुबन्धित केलियन एमबाप्पेको आगामी सिजनमा सम्झौता म्याद सकिँदैछ । म्याद सकिए पनि उनले पिएसजीमा सम्झौता नवीकरण गर्न अरुचि देखाएका छन् । एक पत्र नै लेखेर एमबाप्पेले पिएसजीसँग सम्झौता नवीकरण नगर्ने प्रष्ट पारेका छन् । एमबाप्पे पिएसजी नरहने पक्का भएपछि ठूला फुटबल क्लबको नजर उनीतिर परेको छ । यसक्रममा विभिन्न क्लब उनलाई भित्राउन लागिपरेका छन् ।
पिएसजीका तेज गतिका फरवार्ड केलियन एमबाप्पेलाई मोटो रकम खर्चेर भए पनि आफ्नो क्लबमा भित्राउन रियल मड्रिड तयार देखिएको छ ।
फ्रान्सको एक टेलिभिजनले मोटो रकम खर्चेरै भए पनि एमबाप्पे अनुबन्ध गर्न रियल तयार रहेको जनाएको छ । उक्त टेलिभिजनले सम्प्रेषण गरेको समाचार अनुसार, यसका लागि रियलले २०० मिलियन युरो खर्चंन सक्छ । ला लिगा क्लब रियलले एमबाप्पे भित्राउन लामो समयदेखि रुचि देखाइरहेको छ ।
पछिल्लो समय पीएसजी पनि एमबाप्पेलाई बेच्ने तयारी गरेको छ । सम्झौता नवीकरणमा एमबाप्पेले अरुचि देखाएपछि पिएसजीले उनलाई बिक्री गर्ने तयारी गरेको हो ।
सन् २०१७ मा पिएसजी भित्रिएका एमबाप्पेले यो क्लबका लागि हालसम्म २६० खेल खेलेका छन् । जसमा उनले गरेको गोल संख्या २१२ छ ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया