साढे दुई मिनेटको दृश्य खिच्न १४ घण्टासम्म पानीमा बसिन् रकुल
एजेन्सी । फिल्म ‘आई लभ यू’ जुन १६ मा जियो सिनेमामा रिलिज हुँदैछ । निखिल महाजन निर्देशित फिल्मको मूख्य भूमिकामा रकुल प्रीत सिंह,पावेल गुलाटी र अक्षय ओबेरोय देखिने भएका छन् ।
फिल्म प्रमोसनमा यतिबेला रकुल अन्तवार्तामा पनि व्यस्त छिन् । उक्त फिल्मलाई लिएर हालै एक अन्तर्वार्तामा रकुलले साढे दुई मिनेटको पानीको दृश्य खिच्न आफू १४ घण्टा पानीमुनि बस्नुपरेको बताएकी छन् ।
फिल्ममा उनको साढे दुई मिनेटको पानीमुनिकाे दृश्य छ । ‘मैले यो फिल्मको लागि अन्डरवाटर सिक्वेन्स शूट गर्नुपरेको थियो । यसका लागि मलाई आजान नामक स्कुबा प्रशिक्षकबाट तालिम दिइएको थियो। उहाँले मलाई दुई महिनासम्म साढे दुई मिनेट पानीमुनि श्वास राेक्न सिकाउनुभयो। यो दृश्यको सुटिङका क्रममा दिउँसो २ बजेदेखि बिहान ४ बजेसम्म म पानीमा थिएँ ,’ उनले अन्तर्वार्तामा भनिन् ।
उनले यो दृश्य उनको लागि सबैभन्दा ठुलो चुनौती रहेको बताइन् । ‘म दिनभरि चिसो पानीमा उभिएँ। पानी धेरै चिसो थियो तर अन्य सदस्यहरूले मलाई चिसो हुनबाट जोगाउन लगातार तातो पानी खन्याइरहेका थिए,’ उनले थपिन् ।
पानीमा लामो समय बस्दा पानीमा रहेको क्लोरिनका कारण उनको आँखामा समस्या भएको उनले अन्तर्वार्तामा बताएकी छिन् ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया