NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

क्रोएसिया नेसन्स लिगको फाइनलमा

काठमाडौं । नेदरल्याण्डलाई ४–२ गोलान्तरमा हराएर क्रोएसिया युइएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा खेलको नतिजा परिवर्तन गर्दै क्रोएसियाले फाइनल यात्रा तय गरेको हो ।

खेलको ३४ औं मिनेटमा डोनएल मालनले गोल गरेपछि नेदरल्याण्डले सुरुवाती अग्रता लिएको थियो । तर ५५ औं मिनेटमा क्रोएसियाका आन्द्रेज क्रमारिचले गोल फर्काएर खेल बराबरीमा ल्याए ।

७२ औं मिनेटमा मारियो पासालीचले गोल गर्दै क्रोएसियालाई २–१ को अग्रता दिलाए । खेलको इन्जुरी समयमा नोया लांगले गोल गर्दै नेदरल्यान्ड्सलाई २–२ को बराबरीमा फर्काउन सफल भए ।

निर्धारित समयमा हारजित हुन नसकेपछि खेल अतिरिक्त समयमा प्रवेश गरेको थियो ।

अतिरिक्त समय क्रोएसियाका लागि फलदायी बन्यो । खेलको ९८ औं मिनेटमा ब्रुनो पेट्कोभिचले गोल गर्दै टिमलाई ३–१ को अग्रता दिलाए । ११६ औं मिनेटमा लुका मोड्रिचले फेरि अर्को गोल थपेर क्रोएसियालाई ४–२ को जित दिलाए ।

अब उपाधिका लागि क्रोएसियाले इटाली र स्पेनमध्ये एकसँग खेल्नेछ ।