NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

सुनचाँदीको मूल्य पुनः ओरालो

काठमाडाैं । बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ घटेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदी प्रतितोला एक हजार ४२५ रूपैयाँमा कारोबार भएको थियो ।