सुनचाँदीको मूल्य पुनः ओरालो
काठमाडाैं । बुधबार घटेको सुनको मूल्य बिहीबार पनि घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रूपैयाँ घटेर एक लाख ११ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।
आज तेजावी सुनको भाउ प्रतितोला एक लाख १० हजार ४५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ घटेर एक हजार ४०५ रूपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार चाँदी प्रतितोला एक हजार ४२५ रूपैयाँमा कारोबार भएको थियो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया