सांसद पन्तको प्रश्न : धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ?
काठमाडौं । नेकपा (एमाले) का सांसद रघुजी पन्तले नेपालको असंलग्न परराष्ट्रनीतिबारे सरकारको धारणा माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा उनले धर्म निरपेक्षताबारे सरकारसँग प्रश्न समेत गरे। उनले भने ,‘धर्म निरपेक्षताबारे सरकारको दृष्टिकोण के हो ? यो संसद्लाई स्पष्ट पारियोस् ।’
बैठकमा आकस्मिक समय माग गर्दै सांसद पन्तले भारतका लागि नेपाली राजदूत शङ्कर शर्माले धर्मनिरपेक्षता र भारतसँगको कूटनीतिक सम्बन्धबारे हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए । उनले भने, ‘नेपाल असंलग्न परराष्ट्र नीतिमा अडिग हुँदै आएको छ । पछिल्लो समययता असंलग्न परराष्ट्र नीतिमा खलबल हुन थालेको छ ।’
सांसद पन्तले राजदूत शर्माले दिएको अन्तर्वार्तामा नेपालको धर्मनिरपेक्षतामा प्रश्न खडा गरेको बताए । ‘नेपालको संविधानमा धर्मनिरपेक्षताको कुरा छ । तर राजदूतले त्यहाँ गएर धर्मनिरपेक्षाताको विपरीत कुरा गर्नुहुन्छ’, उनले भने ।
सांसद पन्तले इपिजीको प्रतिवदेनप्रति राजदूत शर्माको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भने, ‘के इपिजीको प्रतिवेदन प्रभूत्व व्यक्ति समूहबारे राजदूतले व्यक्त गरेको विचारले नेपाल सरकारको प्रतिनिधित्व गर्छ ? गर्छ भने यो आपत्तिजनक र खेदपूर्ण छ ।’ सांसद पन्तले राजदूत शर्माले बिआरआइलाई ‘लोन ट्रयाप’ जनाउँदै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाए ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया