सरकारले तिर्नुपर्ने बक्यौता तुरून्त निकास गरी कृषि बीमा सुचारू गरियोस् : सरस्वती सुब्बा
काठमाडाैं । सरकारले करिब तीन अर्ब रूपैयाँ अनुदान रकम भुक्तानी बन्द भएको कृषि बीमा तुरून्त सुचारू गर्न सांसद सरस्वती सुब्बाले अनुरोध गरेकी छिन् ।
बिहीबार प्रतिनिधि सभामा शून्य समयमा बोल्ने क्रममा उनले सो अनुरोध गरेकी हुन् । सरकारले २ अर्ब ९५ करोड बक्यौता भुक्तानी नगरेपछि बीमा कम्पनीहरूले कृषि बीमा बन्द गरेको थियो । सांसद् सुब्बाले कृषि बीमा गर्दा लाग्ने शुल्क अर्थात प्रिमियम ८० प्रतिशत नेपाल सरकराले व्योहोर्ने व्यवस्था भएको उल्लेख गर्दै सो रकम भुक्तानी नहुँदा बीमा कम्पनीहरू पशु बीमा गर्न तयार नभएको बताइन् ।
उनले भनिन्, ‘कृषि बीमा दाबी गर्दा सबै कागजात बीमा प्राधिकरणमा बुझाउनुपर्ने व्यवस्था छ । यो कार्यका लागि कृषक चुकेका छैनन् । नेपाल सरकराले तिर्नुपर्ने बक्यैता तुरून्त निकास गरी बाली बीमा पशुधन बीमा सुचारू गरियोस् । बीमा कम्पनीलाइ बीमा गर्न तुरून्त निर्देशन गरियोस् ।’
साथै उनले कृषि बीमा दाबी र भुक्तानी केन्द्रीयस्तरबाट स्थानीय तहबाटै मिलाउन पहल गर्न अनुरोध गरेकी छिन् ।
ताजा अपडेट
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन
-
एनटी फाइबरको सस्तो इन्टरनेट प्याकेजमा आकर्षण, ग्राहकले अब अनलाइनबाट पनि सेवा लिन सक्ने


प्रतिक्रिया