NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

चीनमा उपचारपछि स्वदेश फर्किँदै वर्षमान पुन, स्वागत गर्न उपप्रधानमन्त्री श्रेष्ठ विमानस्थल पुगे

काठमाडौं । चीनमा उपचाररत रहेका पूर्वअर्थमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन शुक्रबार स्वदेश फर्किन लागेका छन् ।

विहान ११ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्न लागेका उनलाई स्वागत गर्न वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अहिले विमानस्थल पुगेका छन् ।

पार्टीभित्र र सरकारमा वरियताको हिसाबले जुनियर रहेका पुनलाई स्वागत गर्न श्रेष्ठ आफै जानुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।

गम्भीर जन्डिस रोगले थलिएका उनी यसअघि चीनको सेनजेनस्थित थर्ड पिपुल्स हस्पिटलमा लामो समय उपचार गराएर फर्किएका थिए । गत फागुनमा स्वास्थ्यमा पुनःसमस्या देखिएपछि उपचारका लागि चीन लगिएको थियो ।