व्हाट्सएपका यी ५ फिचर, जुन तपाईँलाई थाहा नहुन सक्छ

काठमाडाैं । हामीमध्ये धेरैजनाले व्हाट्सएप चलाएका हुन्छौँ । तरपनि व्हाट्सएपका केही यस्ता फिचर पनि छन् जुन धेरैलाई थाहा नहुन सक्छ । हामीमध्ये थोरैलाई मात्रै ती फिचरहरूको बारेमा जानकारी हुन सक्छ ।
प्राइभेट म्यासेज फिचर
व्हाट्सएपमा ग्रुप च्याट गर्ने क्रममा यदि तपाईँ ग्रुपमा भएका साथीहरूमध्ये कुनै एकजनासँग व्यक्तिगत रूपमा कुरा गर्न चाहानुहुन्छ भने त्यो फिचर ‘reply privetly’ यसमा रहेको छ । उक्त फिचर प्रयोग गरेर तपाईँले प्राइभेटली कुरा गर्न सक्नुहुन्छ । त्यसका लागि यी स्टेप फलो गर्नुहोस् :
१. ग्रुप च्याटमा भएका साथीहरूमध्ये तपाईँले कोसँग प्राइभेटली कुरा गर्न चाहानुभएको हो, उक्त व्यक्ति छनोट गरी क्लिक गर्नुहोस् ।
२. माथिल्लो दायाँ कुनामा रहेको ‘3-डट’ आइकनमा ट्याप गर्नुहोस् र त्यहाँ देखिएको ‘reply privately’ मा जानुहोस् ।
३. अब तपाईंले ढुक्कले प्राइभेट म्यासेज, कल गर्न सक्नुहुन्छ ।
भ्वाइस रेकर्ड
व्हाट्सएपमामा भएको यो सुविधा नयाँ संस्करणमध्ये एक हो । जसमा भ्वाइस म्यासेज पठाउन सक्ने सुविधा रहेको छ । तपाईंले आफ्ना साथीहरूलाई भ्वाइसमार्फत सन्देश पठाउन सक्नुहुन्छ ।
यसका लागि फलो गर्नुहोस् यी स्टेप :
१.व्हाट्सएप खोल्नुहोस् र भ्वाइस रेकर्डरमा ट्याप गर्नुहोस् ।
२. त्यसमा रेकर्ड गर्नुहोस् र च्याट म्यासेज, फोटोजस्तै सेन्ड गर्नुहोस् । यसमा तपाईंले ३० सेकेण्डको मात्रै भ्वाइस रेकर्ड गर्न सक्नुहुन्छ ।
सेभ नभएको नम्बरमा कुराकानी
कति जनाको अपरिचित नयाँ व्यक्तिहरूसँग कुरा गर्ने इच्छा हुन्छ, त्यस्ता व्यक्तिहरूलाईं यो फिचर निकै उपयोगी हुन सक्छ ।
होम स्क्रिनमा व्हाट्सएप च्याट सर्टकट
तपाईंले आफ्नो होमस्क्रिनमा कुनै पनि च्याट सर्टकट थप्न सक्नुहुन्छ। त्यसका लागि यी स्टेप भएर जान सक्नुहुन्छ :
१. सर्टकट बनाउनको लागि कुनै पनि व्हाट्सएप च्याट खोल्नुहोस्
२. शीर्ष दायाँ कुनामा रहेको मेनुमा ट्याप गर्नुहोस्। ‘add shortcut’ अप्सनमा ट्याप गर्नुहोस् । त्यसमा क्लिक गर्नहोस् त्यसपछि सर्टकट सिर्जना हुने छ ।
प्रोफाइल तस्वीर लुकाउन सकिने
तपाईंको व्हाट्सएप प्रोफाइल केही व्यक्तिहरूले नहेरोस्, नदेखोस् भन्ने चाहनहुन्छ भने व्हाट्सएपमा यो फिचर पनि उपलब्ध छ । त्यसका लागि फलो गर्नुहोस् यी स्टेप :
१. व्हाट्सएप खोल्नुहोस् र सेटिङ अप्सनमा गएर क्लिक गर्नुहोस् । त्यसपछि ‘privacy’ मा क्लिक गर्नुहोस्
२.’प्रोफाइल फोटो’ मा ट्याप गर्नुहोस्। त्यहाँ तपाईंले everyone, my contacts, my contacts except र nobody भन्ने अप्सनहरू देख्न सक्नुहुन्छ । त्यसमध्ये my contacts वा my contacts except मा क्लिक गर्नुहोस्
३. अब तपाईंले आफ्नो प्रोफाइल तस्वीर देखाउन नचहाने व्यक्तिहरूलाई चिन्ह लगाउनुहोस्।
प्रतिक्रिया