NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २७ गते

सवारी दुर्घटनामा पूर्वमेयर गिरीको निधन

काठमाडौं । सवारी दुर्घटनामा परी घाइते स्याङजाको चापाकोट नगरपालिकाका पूर्वमेयर शिव गिरीको निधन भएको छ ।

राङखोलाबाट स्याङ्जातर्फ जाँदै गरेका गिरी सवार बा१५च १७०९ नम्बरको ‘स्कारपियो’ गाडी गएराति पुतलीबजार–१० राङ्खोलास्थित सिद्धार्थ राजमार्गमा दुर्घटना भएको थियो ।दुर्घटनामा गम्भीर घाइते गिरीलाई उद्धार गरी जिल्ला अस्पताल स्याङ्जा पुर्याइएको थियो । त्यही गएराति ११ः४० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले गाडीका चालक ३२ वर्षीय सुरज नेपालीलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको छ ।

गिरी २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसको तर्फबाट चापाकोट नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

ताजा अपडेट

नेपालवाच विशेष