NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

राष्ट्रपतिको मुटुको समस्या दोहोरियो, फेरि अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको मुटुमा पुनः समस्या देखिएको छ । समस्या दोहोरिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको छ ।

राष्ट्रपति पौडेलको सचिवालयले शनिबार बिहान २ बजे मुटुमा समस्या देखिएपछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उनलाई भर्ना गरिएको जनाएको छ ।

अस्पतालका अनुसार, उनको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

यसअघि गत मंगलबार मुटुमा अचानक समस्या देखिएपछि उनलाई शहीद गंगालाल हृदय केन्द्र भर्ना गरिएको थियो । त्यहाँबाट उनी बुधबार बिहान मात्र डिस्चार्ज भएर आराम गरिरहेका थिए ।