युरोकप छनोट : बोस्नियामाथि पोर्चुगलको सहज जित
काठमाडौं । युरोकप छनोट खेलमा पोर्चुगलले ३–० गोलान्तरको सहज जित हात पारेको छ । गएराति सम्पन्न खेलमा बोस्निया एण्ड हर्जगोभिनालाई पराजित गर्दै पोर्चुगलले फराकिलो जित निकालेको हो ।
पोर्चुगलका बेर्नार्डो सिल्भाले खेलको ४४औं मिनेटमा पहिलो गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । ७७औं मिनेटमा ब्रुनो फर्नान्डेजले गोल गर्दै अग्रता दोब्बर बनाए । इन्जुरी समयमा फर्नान्डेजले फेरि अर्को गोल गरेर पोर्चुगललाई ३–० को अवस्थामा पुर्याए ।
खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि सहभागी थिए । पोर्चुगलका लागि उनको यो १९९औं खेल हो । तर उनले यो खेलमा कुनै गोल गर्न भने सकेनन् ।
जितसँगै समूह ‘जे’ को शीर्ष स्थानमा रहेको पोर्चुगल ९ अंक बनाएको छ । बोस्निया भने ३ अंक जोडेर चौंथो स्थानमा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया