NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मैत्रीपूर्ण खेलमा ब्राजिल विजयी

काठमाडौं । अन्तर्राष्ट्रिय फिफा मैत्रीपूर्ण खेलमा ब्राजिलले सुविधाजनक जित निकालेको छ । आइतबार बिहान सम्पन्न खेलमा ब्राजिलले गिनीमाथि ४–१ गोलान्तरको फराकिलो जित हासिल गरेको हो ।

ब्राजिलका लागि जोलिनटनले २७औं, रोड्रिगोले ३०औं, इडर मिलिटाओले ४७औं र भिनियस जुनियरले ८८औं मिनेटमा गोल गरे । जुनियरले पेनाल्टी सदुपयोग गर्दै गोल गरेका हुन् ।

गिनीका लागि सेर्होउ गुइरासेले सान्त्वना गोल गरे । उनले ३६औं मिनेटमा ब्राजिलका खेलाडीलाई छक्याउँदै गोल गरेका हुन् ।