कस्ताे छ आजको मौसम ?

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू-भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।
यसका कारण हाल कोशी प्रदेशको थोरै र कर्णाली प्रदेश पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानमा, कोशी प्रदेशका तराई भू-भागका साथै देशका बाँकी पहाडी भेगका थोरै स्थान र देशका बाँकी तराई भू-भागमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
ताजा अपडेट
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
-
दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु
प्रतिक्रिया