NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य सामान्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडाैं । साताको पहिलो कारोबार दिन सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुनको भाउ प्रतितोला एक लाख ११ हजार ४५० रूपैयाँ कायम भएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रूपैयाँ बढेर एक हजार ४४५ रूपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार चाँदी प्रतितोला एक हजार ४२५ रूपैयाँमा कारोबार भएको थियो ।