सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब आन्तारिक ऋण उठाउँदै

काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब ८६ करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकका अनुसार ३० अर्ब ८७ करोड रूपैयाँमध्ये ७ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको छ । यसको बोलकबोला सोमबार दिउसो ३ बजे हुनेछ ।
राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल साउन २ गते परिपक्क हुने छ । ९१ दिनको लागि ९ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असोज २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब ३३ करोड रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल पुस ३ गते परिपक्क हुनेछ ।
३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ असार ५ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
पशुपति क्षेत्र विकास कोषको निमित्त सदस्य सचिवमा जोशी
-
काँग्रेसको केन्द्रीय समिति बैठक आज पनि बस्दै
-
निजामती सेवा विधेयकमा भएको चलखेल जनताप्रतिको बेइमानी : नेता शर्मा
प्रतिक्रिया