सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब आन्तारिक ऋण उठाउँदै
काठमाडौं । सरकारले ट्रेजरी बिल्समार्फत ३० अर्ब ८६ करोड रूपैयाँ बराबरको आन्तारिक ऋण उठाउने भएको छ ।
राष्ट्र बैंकका अनुसार ३० अर्ब ८७ करोड रूपैयाँमध्ये ७ अर्ब रूपैयाँ नयाँ ट्रेजरी बिल्स जारी हुन लागेको छ । यसको बोलकबोला सोमबार दिउसो ३ बजे हुनेछ ।
राष्ट्र बैंकले २८ दिन, ९१, १८२ र ३६४ दिनको लागि ट्रेजरी बिल्स जारी गर्न लागेक हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले अनलाइन माध्यमबाट बोलकबोल गर्न सक्नेछन् ।
राष्ट्र बैंकले २८ दिनको लागि १० अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको छ । जुन २०८० साल साउन २ गते परिपक्क हुने छ । ९१ दिनको लागि ९ अर्ब ५३ करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी २०८० असोज २ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनको लागि ६ अर्ब ३३ करोड रूपैयाँको जारी गर्न लागेको छ । जुन २०८० साल पुस ३ गते परिपक्क हुनेछ ।
३६४ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो ट्रेजरी २०८१ असार ५ गते परिपक्व हुनेछ ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया