तस्करीविरुद्धको कारबाहीमा टर्कीमा दुई हजार वर्ष पुरानो मूर्ति बरामद
एजेन्सी । टर्कीको प्रहरीले पश्चिमी शहर इज्मिरमा ऐतिहासिक कलाकृति तस्करविरुद्ध कारबाही गर्ने क्रममा दुई हजार वर्ष पुरानो मूर्ति कब्जा गरेको छ ।
अनादोलु एजेन्सीले शनिबार जनाएअनुसार प्रहरीले इज्मिरको काराेबाग्लर जिल्लामा पुरानो खजानाको तस्करीमा संलग्न रहेको विश्वास गरिएका एक जना संदिग्धको घरमा छापा मार्दा सो पुराततात्विक वस्तु फेला पारेको थियो।
उक्त मूर्तिको टाउको देवी वा हेलेनिस्टिक कालदेखिको कुलीन चित्रण गर्ने संगमरमरको मूर्तिको अंश मानिएको छ । उक्त कलाकृति विदेश तस्करी गर्ने प्रयास गर्ने अभियुक्तविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको छ ।
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया