भोलि घोषणा हुने समाजवादी मोर्चामा विप्लव ‘इन’, बाबुराम र वामदेव ‘आउट’ !

काठमाडौं । माओवादी केन्द्रको नेतृत्वमा चारदलकाे समाजवादी मोर्चा घोषणा सोमबार हुने भएको छ ।
प्रधानमन्त्री निवास, बालुबाटारमा आइतबार बसेको बैठकले मोर्चा घोषणा गर्ने सहमति गरेको जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार भोलि राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिएको छ ।
मोर्चामा तत्काल माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र विप्लव नेतृत्वको नेकपा सामेल हुने नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । यद्यपि उनले मोर्चामा बाबुराम र वामदेवलाई समेत सामेल गराउने प्रयास भइरहेको जानकारी दिए ।
‘समाजवादी मोर्चा बनाउ माओवादीसहित चार दलबीच सहमति भएको छ’, उनले भने, ‘बाबुराम र वामेदवलाई पनि सामेल गराउने प्रयास जारी छ ।’
मोर्चाको साझा अवधारणा सम्बन्धमा अहिले कार्यदलस्तरमा दस्तावेज लेखनकार्य भइरहेको उनले बताए ।
मंसिरमा भएको निर्वाचनमा माओवादी केन्द्रको चिन्ह लिएर चुनावमा भाग लिएको नेसपा पछिल्लो समय मोर्चामा सहभागी हुन आनाकानी गरिरहेको छ । पछिल्लो समय प्रचण्डसँग सम्बन्ध चिसिएको चर्चा चलिरहेको अवस्थामा शुक्रबार दुई शीर्ष नेताबीच छलफल भइको थियो ।
त्यस्तै एमालेमा जान तयारी गरिरहेका वामदेव गौतम पनि मोर्चामा सामेल हुनेबारे अलमलमा छन् । नेकपा एकता राष्ट्रिय अभियानका नेता दीपक टमाटाले गौतमको सहभागिता सम्बन्धमा अनविज्ञता प्रकट गरे ।
‘मोर्चामा जानेबारे मलाई कुनै जानकारी छैन । अहिलेसम्म समाजवादी मोर्चा गठन सम्बन्धमा कुनै अवगत भएको छैन’, उनले भने ।
यसैगरी नेसपाका नेता गंगानारायण श्रेष्ठले पनि मोर्चा गठनबारे अनविज्ञता व्यक्त गरेका छन् ।
ताजा अपडेट
-
राष्ट्र बैंकले बढायो सेयर धितो कर्जाको सीमा, १५ करोडबाट २५ करोड पुग्यो
-
समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न प्रधानमन्त्रीको आग्रह
-
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्दै
-
चितवनका २५ हजारभन्दा बढी परिवार बाढी–पहिरो र डुबानको जोखिममा
-
सबै मिलेर उद्यमशीलताबाट समृद्धि हासिल गर्नुपर्छ : प्रधानमन्त्री ओली
प्रतिक्रिया