क्रोएसियालाई रोक्दै स्पेनले जित्यो नेसन्स लिगको उपाधि
काठमाडौं । क्रोएसियालाई स्तब्ध पार्दै स्पेनले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा परास्त गर्दै स्पेनले उपाधि हात पारेको हो ।
जर्मनमा सम्पन्न खेलको निर्धारित र थप गरिएको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । जसमा स्पेनले ५–४ ले बाजी मार्यो ।
योसँगै स्पेनले ११ वर्ष लामो उपाधि खडेरी तोडेको छ । स्पेनले सन् २०१२ मा युरोकप जिते पनि त्यसयता कुनै उपाधि जित्न सकेको थिएन ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया