NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

क्रोएसियालाई रोक्दै स्पेनले जित्यो नेसन्स लिगको उपाधि

काठमाडौं । क्रोएसियालाई स्तब्ध पार्दै स्पेनले यूईएफए नेसन्स लिगको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा क्रोएसियालाई पेनाल्टी सुटआउटमा परास्त गर्दै स्पेनले उपाधि हात पारेको हो ।

जर्मनमा सम्पन्न खेलको निर्धारित र थप गरिएको समयमा दुवै टिमले गोलरहित बराबरी खेलेपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो । जसमा स्पेनले ५–४ ले बाजी मार्यो ।

योसँगै स्पेनले ११ वर्ष लामो उपाधि खडेरी तोडेको छ । स्पेनले सन् २०१२ मा युरोकप जिते पनि त्यसयता कुनै उपाधि जित्न सकेको थिएन ।