सन्दीपको अर्को खराब प्रदर्शन
काठमाडौं । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा अर्को खराब प्रदर्शन गरेका छन् ।
आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत जिम्बावेविरुद्ध मैदानमा उत्रिएका उनले खराब प्रदर्शन गरेका हुन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) क्रिकेटमा लगातार ३३ इनिङपछि उनी विकेटविहीन बनेका छन् ।
योसँगै उनको ३३ इनिङसम्मको यात्रा समाप्त भएको छ ।
आइतबारको खेलमा सन्दीपले १० ओभरमा ७७ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।
ओडिआई करिअरमा सन्दीपको यो दोस्रो खराब प्रदर्शन हो । यसअघि त्रिवि क्रिकेट मैदानमा भएको आइसिसी विश्वकप लिग टू को युएईविरुद्धको अन्तिम खेलमा पनि १० ओभरमा ८० रन खर्चेर १ विकेट लिएका थिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया