बरू जेल जान्छु, देश छाड्दिनँ : इमरान खान
काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले कुनै पनि हालतमा आफूले देश नछाड्ने प्रष्ट पारेका छन् । खानले देश छाड्न लागेको चर्चाबीच उनले पाकिस्तानको भविष्यका लागि आफू बरू जेल जाने तर देश नछाड्ने प्रष्ट पारेका हुन् ।
‘बरू म जेल जान तयार छु तर देश छाड्दिनँ,’ सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै उनले भनेका छन् । पाकिस्तान साँच्चै स्वतन्त्र नहुँदासम्म आफ्नो लडाइँ जारी रहने उनको भनाइ छ ।
खानले १९ मुद्दामा जमानत पाएका छन् । सरकारले चाहेको खण्डमा उनलाई फेरि पनि पक्राउ गर्न सक्छ ।
तेहरिक–ए–इन्साफका अध्यक्ष खानले मे ९ मा भएको घटनालाई बहाना बनाएर देशमा कानून र व्यवस्थाको उल्लंघन भइरहेको आरोप लगाए ।
खान इस्लामाबाद उच्च अदालतमा बायोमेट्रिक प्रमाणीकरणका लागि जाँदै गर्दा गत मे ९ मा पक्राउ परेका थिए । खानको पक्राउपछि पाकिस्तानमा व्यापक प्रदर्शन भएको थियो । त्यसक्रममा उनका समर्थकले महत्त्वपूर्ण प्रतिष्ठानमा आक्रमण गरेका थिए । घटनापछि सयौंलाई त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको थियो ।
मे ९ मा केही मानिस आफ्नो पार्टीका कार्यकर्ताबीच घुसेर पाकिस्तानको महत्त्वपूर्ण प्रतिष्ठानमा हमला गराएको खानको आरोप छ । जेलबाट फर्किएपछि केही कार्यकर्ताले मे ९ मा केही व्यक्ति आएर कमाण्डरको घर जलाउन र विभिन्न ठाउँमा आगजनी गर्न उक्साएको बताएको उनले बताए ।
कमाण्डरको घरतर्फ अघि बढेको प्रदर्शनकारीलाई प्रहरीले किन रोकेन भन्ने प्रश्न गर्दै उनले यसलाई सोच विचारका साथ गरिएको षड्यन्त्रको संज्ञा दिए ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया