NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनको मूल्य स्थिर, चाँदी घट्यो

काठमाडाैं । आइतबार सामान्य बढेको सुनको मूल्य सोमबार स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य आइतबारकै मूल्य अर्थात एक लाख १२ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै सोमबार तेजावी सुन स्थिर भइ प्रतितोला एक लाख ११ हजार ४५० रूपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला ५ रूपैयाँ घटेर एक हजार ४४० रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार चाँदी प्रतितोला एक हजार ४४५ रूपैयाँमा कारोबार भएको थियो ।