रश्मिका मण्डन्नालाई आफ्नै म्यानेजरले ८० लाख रुपैयाँ ठगिन्
एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्डन्ना चाँडै नै रणवीर कपुरसँग फिल्म ‘एनिमल’ मा देखिने भएकी छिन् । भर्खरै उनीसँग ८० लाख रुपैयाँ ठगी भएको खबर आएको छ ।
उनलाई धोका दिने व्यक्ति अरु कोही नभएर उनकी आफ्नै म्यानेजर भएको पाइएको छ । यो ठगीको बारेमा थाहा हुने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यसबारे रश्मिकाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार म्यानेजरले रश्मिकालाई ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ । यो थाहा पाएर निकै रिसाएकी रश्मिकाले तत्कालै म्यानेजरलाई जागिरबाट हटाइन् ।
जानकारीका अनुसार लामो समयदेखि रश्मिका मन्डन्नासँग आवद्ध थिइन् ती म्यानेजरले अभिनेत्रीलाई थाहा नदिई पैसा चोर्दै आएकी थिइन् । यो कुरा थाहा पाएदेखि रश्मिका स्तब्ध छिन् ।
रश्मिका अहिले रणवीर कपूरसँग आफ्नो आगामी फिल्म ‘एनिमल’मा व्यस्त छिन्। भर्खरै निर्माण पक्षले फिल्मको प्रि टिजर पनि रिलिज गरेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् । चलचित्र अगस्ट ११ मा हलमा रिलिज हुँदैछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया