रश्मिका मण्डन्नालाई आफ्नै म्यानेजरले ८० लाख रुपैयाँ ठगिन्
एजेन्सी । साउथ अभिनेत्री रश्मिका मन्डन्ना चाँडै नै रणवीर कपुरसँग फिल्म ‘एनिमल’ मा देखिने भएकी छिन् । भर्खरै उनीसँग ८० लाख रुपैयाँ ठगी भएको खबर आएको छ ।
उनलाई धोका दिने व्यक्ति अरु कोही नभएर उनकी आफ्नै म्यानेजर भएको पाइएको छ । यो ठगीको बारेमा थाहा हुने बित्तिकै रश्मिकाले उनलाई जागिरबाट निकालिदिएकी थिइन् । तर, यसबारे रश्मिकाको तर्फबाट अहिलेसम्म कुनै आधिकारिक प्रतिक्रिया भने आएको छैन ।
हिन्दुस्तान टाइम्सको रिपोर्ट अनुसार म्यानेजरले रश्मिकालाई ८० लाख रुपैयाँ ठगी गरेको आरोप छ । यो थाहा पाएर निकै रिसाएकी रश्मिकाले तत्कालै म्यानेजरलाई जागिरबाट हटाइन् ।
जानकारीका अनुसार लामो समयदेखि रश्मिका मन्डन्नासँग आवद्ध थिइन् ती म्यानेजरले अभिनेत्रीलाई थाहा नदिई पैसा चोर्दै आएकी थिइन् । यो कुरा थाहा पाएदेखि रश्मिका स्तब्ध छिन् ।
रश्मिका अहिले रणवीर कपूरसँग आफ्नो आगामी फिल्म ‘एनिमल’मा व्यस्त छिन्। भर्खरै निर्माण पक्षले फिल्मको प्रि टिजर पनि रिलिज गरेको छ, जसलाई दर्शकले निकै रुचाएका छन् । चलचित्र अगस्ट ११ मा हलमा रिलिज हुँदैछ ।
ताजा अपडेट
-
नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र


प्रतिक्रिया