धरानमा पनि ‘आदिपुरुष’ प्रदर्शन नगर्न हर्कको आग्रह
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शन नगर्न आग्रह गरेका छन्।
उनले आज सामाजिक सञ्जालमा स्टाटसमार्फ उपमहानगरपालिकाभित्र उक्त चलचित्र प्रदर्शन नगर्न भनेका हुन् । ‘धरानमा आदिपुरुष प्रदर्शन नगर्नुहोला,’ उनले लेखेका छन् ।
फिल्ममा भएको ‘सीता भारतकी छोरी हुन्’ भन्ने संवादका कारण यतिबेला काठमाडौं र पोखरा महानगरपालिकामा कुनै पनि भारतीय फिल्म प्रदर्शन नगर्ने निर्णय भइसकेको छ ।
उक्त संवाद नेपालमा मात्रै नभएर भारतमा पनि नहटाएसम्म दुई महानगरले कुनै पनि हिन्दी फिल्म प्रदर्शन नगर्ने अडान लिएका छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया