माधव नेपालको उद्घोष : ढुक्क हुनुहोस्, समाजवादी मोर्चा कसैकोविरूद्ध गठन भएको होइन
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउन नबनाएको दाबी गरेका छन् ।
उनले मोर्चा बनाउन निकै पापड बेल्नुपरेको खुलासा गरे । विभिन्न तह र कार्यदलस्तरमा शब्द शब्दमा बहस र छलफल गरेको उनले सुनाए । ‘मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नभइ सकारात्मक सोच भएका शक्तिलाई एकताबद्ध बनाउन खोलिएको हो’, सोमबार समाजवादी मोर्चा घोषणसभामा उनले भने, ‘मोर्चा गठनबाट कोही नतर्सिनोस् । कोही नआत्तिनोस् । चुप लागेर ढुक्कले बसेहुन्छ ।’
उनले सरकारमा बसेका दलहरू र विद्रोहमा लागेका पार्टी एक ठाउँमा उभिनु नै मोर्चाको विशेषता भएको जिकिर गरे । यसैगरी उनले तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले पाएको सफलता जोगाएको भए अहिले वामपन्थीहरूको अवस्था नाजुक नहुने स्मरण गराए । उलने विगतमा भएका गल्तीबाट पाठ सिक्न नेताहरूलाई आग्रह गरे ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया