NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

माधव नेपालको उद्घोष : ढुक्क हुनुहोस्, समाजवादी मोर्चा कसैकोविरूद्ध गठन भएको होइन

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले समाजवादी मोर्चा कसैलाई तर्साउन नबनाएको दाबी गरेका छन् ।

उनले मोर्चा बनाउन निकै पापड बेल्नुपरेको खुलासा गरे । विभिन्न तह र कार्यदलस्तरमा शब्द शब्दमा बहस र छलफल गरेको उनले सुनाए । ‘मोर्चा कसैलाई तर्साउन र मुकाबिला गर्न नभइ सकारात्मक सोच भएका शक्तिलाई एकताबद्ध बनाउन खोलिएको हो’, सोमबार समाजवादी मोर्चा घोषणसभामा उनले भने, ‘मोर्चा गठनबाट कोही नतर्सिनोस् । कोही नआत्तिनोस् । चुप लागेर ढुक्कले बसेहुन्छ ।’

उनले सरकारमा बसेका दलहरू र विद्रोहमा लागेका पार्टी एक ठाउँमा उभिनु नै मोर्चाको विशेषता भएको जिकिर गरे । यसैगरी उनले तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपाले पाएको सफलता जोगाएको भए अहिले वामपन्थीहरूको अवस्था नाजुक नहुने स्मरण गराए । उलने विगतमा भएका गल्तीबाट पाठ सिक्न नेताहरूलाई आग्रह गरे ।