NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्रचण्डको पश्चाताप : मोर्चा बनाएर एकता गरेको भए नेकपा दुर्घटनामा पर्ने थिएन

काठमाडौं । प्रधानमन्त्री एवं समाजवादी मोर्चाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संयुक्त मोर्चा नबनाई सिधै पार्टी एकता गरेकाले नेकपा दुर्घटनामा परेको जिकिर गरेका छन् ।

सोमबार समाजवादी मोर्चा घोषणा सभा कार्यक्रममालाई सम्बोधन गर्दै उनले तत्कालीन एमाले र माओवादीबीच मोर्चा वा गठबन्धनको अभ्यास गरेर पार्टी एकता भएको भए दुर्घटना नहुने बताए हुन् ।

‘समाजवादी मोर्चा सकारात्मक शक्तिहरूलाई एक ठाउँमा ल्याउने अभ्यास हो । विगतको स्मरण गर्दा यस्तै मोर्चा वा संयुक्त मोर्चा बानाएर एकता गरेको भए सायद दुर्घटना हुँदैनथ्यो कि ? ’, उनले भने, ‘मोर्चा गठनबाट परिवर्तनका पक्षधरहरू आत्तिनुपर्ने अवस्था छैन । तर परिवर्तबाट प्राप्त उपलब्धी उल्ट्याउने, प्रतिक्रान्ति गर्न खोज्ने, देशलाई निरंकुशता लाद्न खोज्ने मोर्चा क्रान्ति हो । त्यसकै विरूद्ध मोर्चा गठन गरेको हो ।’

समाजवादी मोर्चा बनाउन निकै मेहनत गर्नुपरेको स्मरण गराउँदै उनले नेकपा जस्तो दुर्घटनामा नपर्ने दाबी गरे ।