NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

मेसीबिना प्रतिस्पर्धामा उत्रिएको अर्जेन्टिनाको इन्डोनेसियामाथि सहज जित

काठमाडौं । फिफा अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले इन्डोनेसियामाथि सहज जित निकालेको छ । सोमबार सम्पन्न खेलमा अर्जेन्टिनाले इन्डोनेसियालाई २–० गोलान्तरमा परास्त गरेको हो ।

अर्जेन्टिनाको यो जितमा लिन्द्रो पारेडेस र क्रिस्टियन रोमेरोले एक–एक गोल गरे । लिन्द्रोले ३८औं र रोमेरोले ५५औं मिनेटमा गोल गरेका हुन् ।

इन्डोनेसियाविरुद्धको यो खेलमा अर्जेन्टिनाका स्टार खेलाडी मेस्सी भने सहभागी थिएनन् ।

सोमबार नै सम्पन्न दुई मैत्रीपूर्ण खेलमा थाइल्याण्ड र जोर्डनले जित निकालेका छन् । थाइल्याण्डले हङकङलाई १–० र जोर्डनले जमैकालाई २–१ गोलान्तरमा हराएको हो ।