NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

चर्चामा पशुपतिको नयाँ गीत–तिम्रा नेता बिग्रिए, जाग जनता

काठमाडौं । गायक पशुपति शर्माले नयाँ गीत ‘तिम्रा नेता बिग्रिए, जाग जनता’ ल्याएका छन् ।

एक साताअघि आफ्नै युट्युब च्यानलबाट शर्माले सार्वजनिक गरेको गीतले विस्तारै चर्चा पाउन थालेको छ ।

अक्सर आफ्नै शब्द र लयका गीत गाउने शर्माले यो गीतमा पनि आफैंले शब्द कोरेर लय सिर्जना गरेका छन् । भिडियोमा अभिनय पनि उनकै छ । जुन १३ मा अपलोड गीतले अहिलेसम्म ५ लाख ७४ हजार भ्युज पाएको छ ।

गीतमा नेता बिग्रिए देश नै बिग्रने भएकाले जनतालाई आफ्ना नेताको खबरदारी गर्न आह्वान गरिएको छ ।

देशप्रतिको उत्तरदायित्व महसुस गरेर गीति सिर्जना गर्ने गायकमा पर्छन् शर्मा । यसअघि पनि शर्माले राजनीतिक दलका नेताप्रति आक्रोस पोख्दै ‘लुट्न सके लुट् कान्छा’ बोलको गीत ल्याएका थिए । तत्कालीन सरकार र उक्त सरकारको नेतृत्व गर्ने दलको विरोधले गीत सार्वजनिक भएलगत्तै चर्को विवादमा पर्यो । दबाबका कारण पछि शर्माले गीतलाई आफ्नो युट्युब च्यानलबाट हटाए । तर त्यतिबेलासम्म यो गीत बहुचर्चित भइसकेकाले कुनै प्रभाव परेन ।

हेर्नुहोस् नयाँ गीत

ताजा अपडेट

नेपालवाच विशेष