NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

कनेक्ट आईपीएसको ‘रिफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक

काठमाडौं । कनेक्ट आईपीएसले आफ्ना प्रयोगकर्ताका लागि ‘रिफर अ फ्रेन्ड २.०’ अफर सार्वजनिक गरेको छ । यो अफर ५ असार (आज) देखि देखि ३१ असारसम्म लागु हुने कम्पनीले जनाएको छ ।

यस अफरमा प्रयोगकर्ताहरुले आफ्ना साथी, परिवार तथा आफन्तजनहरुलाई कनेक्ट आईपीएसमा रजिष्टर हुन रिफर गर्न सक्नेछन् । रिफर गर्नेले आफ्नो बैंक खाता भेरिफाइ गराएपछि २५ रुपैयाँ र रिफरीले ५० रुपैयाँ आफ्नो बैंक खातामा प्राप्त गर्न सक्नेछन् ।

यो अफरको फाइदा लिन रिफर गर्नेले आफ्ना साथी तथा आफन्तजनलाई आफ्नो रिफरल कोड दिनुपर्ने हुन्छ । रिफरीले भने कनेक्ट आईपीएसमा नयाँ युजर रजिष्टर गर्दा उक्त रिफरल कोड दाखिला गरी बैंक खाता लिंक गरेर सेल्फ भेरिफाइ वा नजिकैको बैंकमा गएर भेरिफाइ गर्नुपर्ने हुन्छ । प्रक्रिया पूरा भए पश्चात रिफर गर्नेको बैंक खातामा २५ रुपैयाँ र रिफरीको बैंक खातामा ५० रूपैयाँ प्राप्त हुने कनेक्ट आईपीएसले जनाएको छ ।

कनेक्ट आईपीएसका अनुसार रिफरीको लिंक गरिएको खाता भेरिफाइ भए पश्चात मात्र रिफरल रकम खातामा प्राप्त हुने हुँदा रिफरीले अफर अवधि भित्र खाता भेरिफाइ गराइ सक्नुपर्ने हुन्छ ।