NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ६ गते

गाडी दुर्घटनामा परी सुदूरपश्चिमका आन्तरिक मामिला मन्त्री गम्भीर घाइते

काठमाडौं । मंगलबार बझाङमा भएको गाडी दुर्घटनामा परी सुदूरपश्चिम सरकारका आन्तरिक मामिला, कानुन मन्त्री पृथ्वीबहादुर सिंह गम्भीर घाइते भएका छन्।

डडेल्धुराबाट चैनपुर जानेक्रममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको उक्त गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

दुर्घटनामा परेर मन्त्री सिंहसहित अन्य ४ जना गम्भिर घाइते भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले जानकारी दिए । उनका अनुसार सिंहको अवस्था गम्भीर रहेको जानकारी दिँदै उद्दार कार्य भइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष