आज सुदूरपश्चिममा शोक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आज शोक विदा दिएको छ । मंगलबार गाडी दुर्घटनामा आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएपछि सरकारले शोक बिदा दिएको हो ।
आज मन्त्री सिंहको शोकमा प्रदेशस्थित सरकारी कार्यालयका झण्डा आधा झुकाइनेछ ।
डडेल्धुराबाट चैनपुर जानेक्र ममा मन्त्री सवार सु प प्र ०१–००१ झ ४८० नम्बरको उक्त गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडामा दुर्घटना हुँदा दुर्घटनामा मन्त्रीसहित पत्नी अमृता र भाउजू जयादेवी सिंहको निधन भएको थियो ।
प्रतिक्रिया