निगमले घटायो हवाई इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर कति पुग्यो ?
काठमाडाैं । नेपाल आयल निगमले हिजो मध्यरातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य घटाएको छ । निगमले हवाई इन्धन प्रतिलिटर आन्तरिकतर्फ १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २६ रुपैयाँ घटाउने निर्णय गरेको हो ।
नयाँ मूल्य निर्धारण भएसँगै आजदेखि हवाई इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर १५० रूपैयाँ र अन्तरार्ष्टियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १ हजार १५० रूपैयाँ कायम गरिएको निगमले जनाएको छ ।
निगमले पेट्रोल, डिजेल र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । हाल पेट्रोलको मूल्य प्रतिलिटर १७५, डिजेलको १५५ र ग्यासको प्रतिसिलिण्डर १८ सय रुपैयाँ छ ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया