बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
ढोरपाटन । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका-५ ठुलढुङ्गामा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो।
मृतक दुवै पुरुष रहेको केसीले बताए। जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया