बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
ढोरपाटन । बागलुङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको ग१च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका-५ ठुलढुङ्गामा दुर्घटना भएको हो।
दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन केसीले जानकारी दिए। दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो। जीप मध्यपहाडी लोकमार्गबाट पाँच सय मिटर तल खसेको हो।
मृतक दुवै पुरुष रहेको केसीले बताए। जीपमा सवार यात्रुको सङ्ख्या यकिन हुन सकेको छैन। प्रहरी टोली घटनास्थलमा पुगेर उद्धारकार्यमा जुटेको छ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया