NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

राष्ट्रिय सहकारी बैंकद्वारा गण्डकी प्रदेशका १७ सहकारी पुरस्कृत

बागलुङ । राष्ट्रिय सहकारी बैंक लिमिटेडले गण्डकी प्रदेशका १७ वटा सहकारी संस्थालाई पुरस्कृत गरेको छ ।

गत पुसमा सम्पन्न बैंकको १६ औं वार्षिक साधारणसभामा विभिन्न विधामा पुरस्कारका लागि छनोट भएका सहकारीहरुलाई सोमबार पोखरामा आयोजित कार्यक्रममा पुरस्कृत गरिएको हो । सहकारी विभागका रजिष्ट्रार नमराज घिमिरे र बैंकका अध्यक्ष के.बी.उप्रेतीले पुरस्कृत संस्थाका पदाधिकारीहरुलाई प्रशंसापत्र सहित पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कृत हुने संस्थाहरुमा महिलाद्वारा सञ्चालित सहकारीमध्ये राष्ट्रिय स्तरको पुरस्कार शिवमन्दिर महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कावासोतीलाई प्रदान गरिएको थियो ।

यस्तै प्रदेश स्तरमा उत्कृष्ट हुने वचत तथा ऋण सहकारी मध्येबाट फेवा वचत तथा ऋण सहकारी सस्था लिमिटेड पोखरा र वचत तथा ऋण बाहेकका सहकारी मध्येबाट सयपत्री बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड गलकोट बागलुङलाई पुरस्कृत गरिएको छ । आर्थिक वर्ष २०७८/०७९ मा   बैंकसंग उत्कृष्ट र नियमित कारोबार गर्ने संस्थाहरु मध्ये शाखा स्तरीय पुरस्कारबाट दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने भिमाद वचत तथा ऋण सहकारी संस्था लिमिटेड भिमाद तनहुँ र नियमित कारोबार गर्ने विधामा शिवकालिका वचत तथा ऋण सहकारी संस्था लिमिटेड ब्यास–२, तनहुँ पुरस्कृत भएका छन् ।

पोखरा शाखामा उत्कृष्ट कारोबार गर्ने दुधपोखरी वचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्की र नियमिततर्फ द गोर्खाज वचत तथा ऋण सहकारी संस्था लिमिटेड कास्कीलाई पुरस्कृत गरिएको छ ।

यस्तै वालिङ शाखामा उत्कृष्ट कारोबार गर्ने मिलन वचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ, स्याङ्जा र नियमिततर्फ बोलबम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड वालिङ स्याङजालाई पुरस्कृत गरिएको थियो ।

बागलुङ शाखामा उत्कृष्ट कारोबार गर्ने बेनी वचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दी र नियमिततर्फ साझा चौतारी युवा उद्यमशिल सहकारी संस्था लिमिटेड बागलुङ पुरस्कृत भएका छन् ।

यस्तै पुतलीबजार शाखामा उत्कृष्ट कारोबार गर्ने सुर्योदय वचत तथा ऋण सहकारी संस्था लिमिटेड पुतलीबजार स्याङ्जा र नियमित तर्फ जयजनता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पुतलीबजार स्याङ्जा पुरस्कृत भएका छन् ।

तालचोक शाखामा उत्कृष्ट कारोबार गर्ने लेखनाथ वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२६ कास्की र नियमिततर्फ लेखनाथ सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखरा–२७ कास्की पुरस्कृत भएका छन् ।

कावासोती शाखामा उत्कृष्ट कारोबार गर्ने मध्यनेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेड देवचुली नवलपुर र नियमिततर्फ सिर्जनशिल वचत तथा ऋण सहकारी संस्था लिमिटेड कावासोती नवलपुर पुरस्कृत भएका छन् ।

बैंकका संस्थापक अध्यक्ष स्वर्गीय राजेशहरि जोशीको नाममा स्थापना गरिएको संस्थापक अध्यक्ष/सञ्चालक सम्मानबाट गण्डकी वचत तथा ऋण सहकारी संस्था गैडाकोट नवलपुरका गोविन्द सुवेदीलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो ।

बैंकले प्रवाह गर्ने कर्जा कारोबारमा उत्कृष्ट संस्थाहरु मध्येबाट मिलिजुली महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कावासोती नवलपुरलाई उत्कृष्ट ऋणी संस्था (ग्रीनकार्ड) प्रदान गरिएको थियो ।