NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

आमा बनिन् दीपिका कक्कड

एजेन्सी । टिभी सिरियल ‘ससुराल सिमरका’ बाट पहिचान बनाउन सफल अभिनेत्री दीपिका कक्कड आमा बनेकी छन् ।

उनले आज छोरालाई जन्म दिएकी हुन् ।  यसको जानकारी शोएब र दीपिकाले आफ्नो इन्स्टाग्रामबाट दिएका हुन् । दीपिकाले २०१८  मा अभिनेता शोएब इब्राहिमको विवाह गरेकी हुन् ।

यी द्वयले २२ जनवरीमा आफूहरु आमा बाबु बन्न लागेको खबर सार्वजनिक गरेका थिए । सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै शोएबले लेखेका थिए ‘कृतज्ञता, खुशी, उत्साह र डरका साथ हामी यो खबर तपाईहरू सबैसँग साझा गर्दैछौं। यो हाम्रो जीवनको सुन्दर क्षण हो। हामी हाम्रो पहिलो सन्तानको प्रतीक्षा गर्दैछौं। छिट्टै हामी अभिभावक बन्न लागेका छौं । हाम्रो सानो पाहुनाको लागि तपाईको धेरै प्रार्थना र माया आवश्यक छ ।’

दीपिकाले सन् २०१० मा ‘नीर भरे तेरे नैना देवी’ बाट टेलिभिजन डेब्यु गरेकी हुन् । टिभी सिरियल ‘ससुराल सिमर का’ दीपिकाको करियरको सबैभन्दा चर्चित शो थियो । दीपिका बिग बोस १२ को विजेतासमेत बनेकी थिइन् ।

ताजा अपडेट

नेपालवाच विशेष