NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ४ गते

सुनचाँदीको मूल्य निरन्तर ओरालो

काठमाडाैं । मंगलबारयता सुनको मूल्यमा गिरावट जारी छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रूपैयाँ घटेर एक लाख १० हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ११ हजार रूपैयाँमा कारोबार भएको थियो । त्यस्तै बिहीबार तेजावी सुन प्रतितोला एक लाख ९ हजार ९५० रूपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँ घटेर एक हजार २६० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक हजार ३८५ रूपैयाँमा कारोबार भएको थियो ।