NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

प्राधिकरणले स्पष्टीकरण सोधेकोमा मेयर बालेनको असन्तुष्टि, बदरको माग गर्दै अदालतमा रिट दायर

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख (मेयर) बालेन शाहले त्रिभुवन विमानस्थल क्षेत्रको तार काट्दा नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेकोमा असन्तुष्टि जनाएका छन् । मेयर शाहले प्राधिकरणले सोधेको स्पष्टीकरण बदरको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन् ।

३२ जेठमा सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको आफ्नो स्वामित्वमा रहेको जग्गामा लगाएको तारबार महानगरका प्रमुख साहको निर्देशनमा काटेको थियो । त्यसको भोलिपटल्ट प्राधिकरणले मेयर शाहलाई तार काटेको सम्बन्धमा स्पष्टीकरण सोधेको थियो।

तार काटेको विषयमा प्राधिकरणले मेयर शाहलाई स्पष्टीकरण सोध्न नमिल्ने जनाउँदै रिट दायर गरेको जनाएको छ ।