अब विदेशबाट आएको रकम एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने
काठमाडाैं । एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकको नाममा विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुवात गरेको छ ।
यो सेवा सुरु भएसँगै अब बैंकको मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले आफूलाई आएको रेमिट्यान्स रकम यसै बैंकमा रहेको ग्राहकले खातामा डिपोजिट गर्न सक्नेछन् । डिजिटल कारोबारमा आम ग्राहकको उपस्थितिलाई थप प्रोत्साहन गर्नुपर्ने आजको आवश्यकतालाई सघाउ पुग्ने गरी आएको यस सेवाबाट रेमिटेन्स रकम बुझ्नको लागि NIC ASIA MoBank भित्रको Remittance आइकनमा ट्याप गरेर Receive Remit भित्र आफूलाई प्राप्त रकम र Unique PIN राखेपश्चात् उक्त रकम जुनसुकै समयमा आफ्नो खातामा स्थानान्तरण गर्न सकिनेछ । यस सेवापश्चात् ग्राहकलाई रेमिटेन्स रकम बुझ्नकै लागि बैंक उपस्थित भई भौतिक फारम भरी नगद झिक्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने विश्वास बैंकले लिएको छ ।
एन आई सी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ४७३ एटिएम, १०९ वटा विस्तारित काउन्टर एवं ६५ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया